Khabar Board

ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने

हेटौंडा। ड्राइभिङलाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने भएको छ ।

हाल पाँच/पाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अलि झण्झटिलो भएका कारण १०/१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको छ । नवीकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा लाई कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं’ मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने । पाँच वर्षमा नवीकरण गर्नुपर्ने प्रावधानलाई बदलेर १० वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गर्दा नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत लोड कम हुने विश्वास लिइएको उनले जानकारी गराएका छन् ।  Ok Online khabar बाट

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.