Khabar Board
Flash logo up side
Nirbachan aayog

बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, घाइतेको पहिचान खुल्यो

Nirbachan m

बैतडी ।

बैतडीमा प्रहरी बोकेको जिप सोमबार बिहान दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर जिपमा सवार रहेका ४ जना प्रहरीको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेहरुको भने पहिचान भएको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् ।

Panacea Education

प्रजिअ पन्थीका अनुसार दुई जना गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर रेफर गरिएको छ भने अन्य घाइतेलाई पनि कोहलपुर रेफर गर्ने तयारी भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.