Khabar Board

बैतडी जिप दुर्घटनाः चालक सहित ४ जना घाइते, २ को अवस्था गम्भीर

बैतडी ।

बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार बिहान जिल्लाको सुर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालक सहित ४ जना घाइते भएका हुन् ।

घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षिय धनबहादुर गुर धामी, बझाङकै बुंगल नगरपालिका वडा नं ९ का ४५ वर्षिय नरपती पातली,७० वर्षिया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।

उनका अनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षिय नरपती पातली,७० वर्षिया काली पातलीको अवस्था गम्भीर रहेको छ । उनले भने, ‘उपचारका लागि डडेल्धुरा गइरहेका रहेछन् उनिहरुको अवस्था गम्भीर छ,दुइ जना सामान्य छन् ।’ घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए ।

बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै गरेको से१च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सुर्नया ६ दुदिलाखान नजिकै दुर्घटना परेको हो । जिप सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.