Khabar Board

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

धनगढी ।

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। मंगलबार जिल्लाको भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने पदार्थसहित उनी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-९ बस्ने २४ वर्षीय गोबिन्द कुँवर रहेका छन्। उनी ५ ग्राम लागुऔषधसहित समातिएका थिए। उनले चलाएको से ७ प ५१५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीबाट उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.