बैतडी ।
बैतडीको पाटन नगरपालिका– १० डंसिलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डडेल्धुराको अनारखोलिबाट ठुलीखाली गइरहेको से १ ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा डडेल्धुराको नवदुर्गा गाउँपालिका– ५ उकाली वस्ने ३६ वर्षिय तेज बहादुर साउँदको घटनास्थलमै मृत्यु भएको छ ।
जिपमा चालकमात्र रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।