Khabar Board
Flash logo up side
flash header

बैतडीमा जिप दुर्घटना हुदाँ चालक सहित ६ जना घाइते

Nirbachan m

बैतडी ।

बैतडीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ७ सुइलेकमा जिप दुर्घटना हुँदा चालक सहित ५ जना घाइते भएका हुन् ।

बुधबार राती धनगढी बाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा ५ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

Center article

उनकाअनुसार घाइते हुनेमा बुङ्गल नगरपालिका वडा नम्बर ७ अठ्पालीकी ४५ वर्षिया हर्का देवी धामी , २० वर्षिय सचिन धामी ,बुङ्गल नगरपालिका ८ कि ५० वर्षिया मैना देवि बोहरा , बुङ्गल नगरपालिका वडा नम्बर ४ कि ४८ वर्षिया लाली देवि कार्की, ५२ वर्षिय धनसरा सिंह र जिप चालक डोटीको जोरायल गाउँपालिका २ का ५५ वर्षिय बिष्णु भट्ट रहेका छन ।

घाइतेहरुको देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । जिप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.