Khabar Board
Flash logo up side
flash header

बैतडीकी माया लुहारको हत्या आरोपित कोली कारागार चलान

Nirbachan m

बैतडी ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४, सौलोडाकी २१ वर्षीया माया लुहारको हत्याको आरोपमा पक्राउ परेका भरतराम कोलीलाई कारागार चलान गरिएको छ ।

कोलीलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

Center article

शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय कोलीमाथि गएको मंसिर १३ गते घाँटी रेटेर हत्या गरेको आरोप छ । सशस्त्र प्रहरीका जवान समेत रहेका कोलीविरुद्ध मायाको घाँटी रेटेर हत्या गरी लुहारकी भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारलाई घाइते बनाएको आरोप छ ।

घटनापछि फरार रहेका कोलीलाई प्रहरीले मंसिर १८ गते महेन्द्रनगरबाट पक्राउ गरेको थियो । कोलीविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो । उनले माया लुहारको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीको भनाइ छ । रासस

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.