Khabar Board
Flash logo up side
flash header

डडेल्धुराका एक युवक बैतडीको पाटनमा मृत फेला

Nirbachan m

बैतडी: बैतडीको पाटनमा डडेल्धुराका एकजना मृत फेला परेका छन् । डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का अन्दाजी २६ बर्षीय पदम अवस्थी पाटन नगरपालिका ६ को गबरजलढ्वानी भीरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

बिहीबार दिउँसो ३ बजे मृत अवस्थामा अवस्थीको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकका आफन्त डडेल्धुराबाट बिहीबार साँझ पाटन आइपुगेका प्रहरीले जनाएको छ । अवस्थीको मृत्युका बिषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

Center article

अवस्थी किन र कहिले बैतडी आएका हुन भन्ने कुरा पनि खुल्न बाँकी रहेको छ । मृतकको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.