Khabar Board

सशस्त्र प्रहरीले २४ सै घण्टा सीमामा गस्ती गर्ने

हेटौंडा । सशस्त्र प्रहरी बलको एक प्लाटुनले २४सैं घण्टा सीमामा पैदल गस्ती परिचालन सम्बन्धी अवधारणा पत्र २०८० तयार गरी लागू गरीको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लाटुन टोली चौबीसै घण्टा सीमा गस्तीमा तैनाथ हुने बताएको छ ।

अन्तराष्ट्रिय सीमासँग जोडिएका जिल्लाहरुका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजश्व चुहावट नियन्त्रण तथा गैह्रकानूनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनकारी दिएको छ।

सीमा गस्ती अन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेशहरु समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा ईलाकामा बन्दोवस्तीका सामाग्रीसहित परिचालन हुनेछ ।

सीमा पैदल गस्ती सम्बन्धी अवधारणा तयार पारे लगत्तै मधेश प्रदेशमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सुरुवात गरेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.