Khabar Board
Flash logo up side
flash header

बैतडीमा एक बालिका मृत फेला

Nirbachan m

बैतडी । बैतडीको पञ्चेश्वरमा एक बालिका मृत फेला परेकी छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका –१ सुन्तला टोल घर भएकी १३ बर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन् ।

बुधबार बिहान विद्यालय गएकी सार्की घर फर्कने बेला नजिकैको खोलामा चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पञ्चेश्वर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष दिवान सार्कीले बताए ।

डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत अस्मिताले किन झुण्डिएर आत्महत्या गरिन् भन्ने बिषय खुलेको छैन् । विद्यालयमा आज परीक्षाफल प्रकाशन भएको थियो । परीक्षाफल प्रकाशनपछि घर फर्केकी अस्मिताले बाटोमै आत्महत्या गरेकी हुन् ।

Center article

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । प्रहरी निरीक्षक केसीकै नेतृत्वमा घटनास्थलतर्फ प्रहरी टोली गएको छ ।

बैतडीमा पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । गएको शनिबारमात्रै दोगडाकेदार गाउँपालिका २ कफलकोटकी १७ बर्षीया पशुपति महराले पनि झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.