Khabar Board
Flash logo up side
flash header

बैतडीमा एक युवक मृत फेला

Nirbachan m

बैतडी । बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको पुर्चाैडी नगरपालिका वडा नं ५ दहताल टोलका ३० वर्षिय जगदिश बोहरा शनिबार मृत फेला परेका हुन् ।

Center article

बोहरा आफ्नै घर भित्र झुण्डीएको अवस्थामा मृत भेटिएका पुर्चौडी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नागिसिंह खडायतले जानकारी दिए । मृतक बोहराको घरमा श्रीमती र एक छोरा रहेका अध्यक्ष खडायतले बताए ।

झण्डै १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसेका बोहरा गत पौस महिना मात्रै नेपाल फर्किएका थिए । बोहराले पासो किन लगाए भन्ने कुरा खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.