सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी

Image

काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र बलको केन्द्रीय स्टोरमा आगलागी भएको हो । त्यहाँ देशैभरका सशस्त्र प्रहरीका लागि चाहिने जिन्सी सामान राखिएको थियो । अहिले आगो नियन्त्रणका लागि दमकल पुगेको थानकोट प्रहरीले जनाएको छ ।

थानकोटका डीएसपी सूर्य सुवेदीका अनुसार आगो नियन्त्रणको प्रयास जारी छ । बिजुली सर्ट भएर आगलागी भएको आशंका गरिएको उनले बताए ।