कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

Image

कैलाली । कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। लम्कीचहुा नगरपापलका–३ व्यवस्थितनगरका ५२ वर्षीय केशरबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको हो।

सोही ठाउँको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको से २ त ६४० नम्बरको ट्याक्टरले उनलाई आइतबार ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले उनको लालरत्न अस्पतालमा उपचारको क्रममा मुत्यु भएको बताए।

घटनापछि ट्याक्टर र ट्याक्टर चालक जानकी गाउँपालिका–५ बस्ने ३० वर्षीय राजाराम चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।