Khabar Board

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई प्रहरीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हाे ।

उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो । यसअघि जिल्ला अदालत धनुषाले उनीविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेकाे थियाे ।  अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेर सिरोहियालाई पक्राउ गरेकाे हाे ।

जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार सिराेहियालाई पक्राउ गर्न अनुमति दिएको थियो । दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गरिएकाे हाे ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.