काठमाडौं । काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडान भरेको जहाज पुन: काठमाडौं फर्किएको छ ।
यसअघि सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो । मौसमको प्रतिक्षा गरेर पनि फेरी सुर्खेत उड्न नसकेपछि विमान पुन: काठमाडौं फर्किएको यात्रु गोविन्द खड्काले बताए।
शनिबार बिहान फ्लाइट नम्बर U4 137 रहेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो । साे जहाज आज बिहान ११: १५ बजे उडान भएको थियो।

















