कैलालीमा मो’टर’साइ’कल दु’र्घट’ना, पाँच’जना घा’इते

Image

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपलिका–८ बढैपुरको लिक्कमा पुलस्थित पूर्वबाट पश्चिमतर्फ आइरहेको से ५ प १३१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक गौरीगंगा–८ का २१ वर्षीय रोशन चौधरी, २७ वर्षीया रेनुका चौधरी, ३२ वर्षीया मिया चौधरी, ३५ वर्षीया मानमति चौधरी र ६ वर्षीय गौरव चौधरी घाइते भएका छन्।

मोटरसाइकल चालक रोशन र रेनुकाको धनगढीमा रहेको नवजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। अन्य तीनजनाको भने स्थानीय सौगात अस्पतालमा उपचार भइरहेको छ।