प्रावि तहको लाइसेन्स परीक्षाको विज्ञापनबारे यस्तो भन्छ आयोग

Image

काठमाडौं ।

शिक्षक सेवा आयोगले खुला र बढुवा तर्फको परीक्षा सकेर अध्यापन अनुमतिपत्रको लागि फारम खोलेको छ। यतिबेला धमाधम माविको फारम भर्ने कार्य भइरहे पनि निमावि र प्राविको कहिले खुल्छ भन्ने कौतुहलता सबैको छ।

शिक्षक सेवा आयोगले प्राथमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन तत्काल नखुल्ने जनाएको छ । बिहीबार आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले प्राथमिक तहको अध्यापन अनुमति पत्रको पाठ्यक्रम परिवर्तन नभएका कारण तत्काल विज्ञापन नखुल्ने जानकारी दिए ।

आयोगका सूचना अधिकारी मरहठ्ठाले भने, ‘निम्न माध्यमिक तह र प्राथमिक तहको शैक्षिक योग्यता एउटै भएकाले पनि तत्काल प्राविको विज्ञापन खुल्ने देखिदैन । पाठ्यक्रम परिवर्तन भएपछि मात्र विज्ञापन आह्वान गरिनेछ ।’

यसअघि आयोगले २०७६ सालमा प्रावि तहको अध्यापन अनुमति पत्रको लागि विज्ञापन आह्वान गरेको थियो । आयोगले हाल मावि तहको अध्यापन अनुमति पत्रको विज्ञापन आह्वान गरेको छ भने निमाविको आगामी जेठ महिनामा विज्ञापन गर्ने तयारी गरिरहेको छ ।

यो पनि : कहिले खुल्दैछ निमावि लाइसेन्सको फारम? यस्तो भन्छन् आयोगका प्रवक्ता