काठमाडाैं ।
(१). नेपालको शैक्षिक इतिहासमा पहिलो कानुनी प्रयास कुन हो?- शिक्षाको इस्तिहार १९९६. (२). नेपालमा प्राविधिक शिक्षाको सुरुवात कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो?- वीर शमशेर (३).” शैक्षिक वृद्धिको क्रमबद्ध कथन शिक्षा मनोविज्ञान हो ” यो भनाई कसको हो?- क्रो एण्ड क्रो (४). कक्षा ब्यवस्थापनमा सबैभन्दा जिम्मेवार पक्ष कुन हो?- शिक्षक
(५). मनोविज्ञानले ब्यवहारको अध्ययन गर्दछ भने त्यसलाई परिमार्जन कसले गर्दछ ?- शिक्षाले (६). मास्लोको प्रेरणा शृङ्खलाको प्रारम्भिक क्रम देखि उच्च क्रम कुन हो?- शारीरिक आवश्यकता, सुरक्षात्मक आवश्यकता, स्नेह र अपनत्व, आत्म सम्मानको आवश्यकता, र आत्मानुभुती (७). नेपाली पढेको मानिसलाई अङ्ग्रेजी पढ्न गाह्रो हुनु कुन प्रकारको सिकाइको स्थानान्तरण हो?- नकारात्मक (८). तालीम कार्यक्रमको पहिलो चरण के हो?- तालिम आवश्यकता पहिचान
(९). शिक्षक पेशागत विकासको प्रारुप २०७२ अनुसार प्रमाणिकरण तालिम कति अवधिको हुन्छ ?- ३० दिन (१०). स्थानीय सरकार सन्चालन ऐन २०७४ अनुसार विधालय तहमा शैक्षिक सुशासन कायम गर्ने प्रमुख दायित्व कसको हो?- स्थानीय सरकार (११).शिक्षा ऐन अनुसार विधालयमा विधालय ब्यवस्थापन समिति गठन गर्नुको मुख्य उद्देश के हो?- विधालयको सन्चालन ,रेखदेख र ब्यवस्थापन गर्न
(१२). शैक्षणिक उदेश्यका प्रकार मध्ये संज्ञानात्मक वा ज्ञानात्मक क्षेत्र तहहरुको क्रम कुन हो?- Knowledge, Comprehension, Application, Analysis, Synthesis (१३). शिक्षा ऐन सातौ संसोधन कहिले भएको हो?- वि.स २०५८/१०/२५ (१४). शिक्षा नियमावली २०५९ अनुसार कुनै कक्षामा तोकिएको भन्दा बढी विधार्थी भए अर्को बर्ग खोल्न कस्को अनुमति लिनुपर्ने ब्यवस्था छ ? – शिक्षा विकास तथा समन्वय इकाई
(१५). शिक्षण प्रक्रियाको मुल आधार के हो?- पाठ्यक्रम (१६). पाठ्यपुस्तकको प्रयोग, शिक्षण प्रक्रिया, परियोजना आदि विषयमा ब्यवस्थित र क्रमबद्ध बनाउन के आवश्यक पर्दछ?- शिक्षक निर्देशिका (१७). जुन कुराको मुल्यांकन गर्न खोजिएको हो, त्यसको मापन समान रुपले सामजस्यपुर्ण आधारमा बराबर मात्रामा गर्न सक्यो भने त्यसलाई के भनिन्छ?- विश्वसनियता
(१८). हाम्रो देशमा मुल्यांकनका लागि प्रचलनमा आएका परीक्षा कति प्रकारका छ्न?- ३ प्रकार (१९). प्रश्नपत्र निर्माणमा एक शिक्षकले कति चरण पार गर्नुपर्दछ?- ६ चरण (२०).प्राचिनकालमा मनोविज्ञानको अर्थ केलाई मानिन्थ्यो?- आत्माको विज्ञान (२१). कम्प्युटरको माध्यमबाट जुनसुकै कुरा सिक्न मिल्ने प्रविधिलाई के भनिन्छ?- Cyber Learning
(२२). निशुल्क पाठ्यपुस्तक वितरण दिनका रुपमा कहिले मनाइयो?- वि.स २०७३/०१/०५ (२३). हाल प्रचलनमा रहेको बिधालय शिक्षाको संरचना कुन हो?- ८+४ (२४). योजना, कार्य, अवलोकन र प्रतिविम्बन कसको कार्यमुलक अनुसन्धान ढाचा हो?- Kurt Lewin. (२५). प्रत्येक विधालयमा कम्तीमा १ जना महिला शिक्षकको ब्यवस्था हुनुपर्छ भनी सिफारिस गर्ने प्रतिवेदन कुन हो?- राष्ट्रिय शिक्षा आयोग २०४९