Khabar Board
Flash logo up side
flash header

शैक्षिक संस्थाहरू पनि आइतबार र शनिबार बिदा

Nirbachan m

काठमाडौं ।

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा (आइतबार र शनिबार) दिने निर्णय गरेसँगै शिक्षण संस्थाहरू पनि बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले क्याम्पस र विद्यालय पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।

शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको बताए । सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९:३० देखि साँझ ४:३० बजेसम्म सञ्चालन हुने मन्त्री पाैडेलको भनाइ छ ।

जेठ १ देखि सातामा दुई दिन बिदा दिने सरकारको निर्णय, कार्यालय समय पनि हेरफेर

सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

Center article

जेठदेखि हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयनमा आउने भएकाेछ। दुई दिन सार्वजनिक विदा दिएसँगै सरकारले कार्यालय समय पनि हेरफेर गरेको छ। विहान ९;३० बजेदेखि साँझ ५;३० बजेसम्म कार्यालय समय तोकिएको छ।

इन्धनको खपत घटाउन आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई दिन सार्वजनिक विदाको प्रस्ताव गरेको थियो। त्यस्तै नेपाल राष्ट्र बैंकले सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन सरकारलाई यो प्रस्ताव गरेको थियो। सरकारले सुरुवाती चरणमा परीक्षणका रुपमा जेठबाट विदाको निर्णय कार्यान्वयनमा ल्याउने सरकारका प्रवक्ता कार्कीले बताए।

यो पनि : अब वर्षको ३६५ दिनमा १५६ दिनभन्दा बढी सार्वजनिक बिदा

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.