Khabar Board
Flash logo up side
Nirbachan aayog

शिक्षक सेवा आयोग मावि तहको नतिजा कमजोर बारे यस्तो भन्छन् अध्यक्ष मधुप्रसाद रेग्मी

Nirbachan m

काठमाडौँ ।

शिक्षक सेवा आयोगले करिब पाँच वर्षपछि शिक्षक छनोटका लागि नयाँ पाठ्यक्रम निर्माण गरेर विसं २०७८ चैत्र १५ गते सम्पन्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका लागि प्रथम पत्रको परीक्षा लियो । सो परीक्षाको नतिजा २०७९ वैशाख २० गते करिब एक महिनापछि प्रकाशन गर्‍यो । नतिजा प्रकाशनसँगै आयोगले सञ्चालन गरेको परीक्षाले धेरै विषयमा प्रश्न उब्जायो ।

आयोगले विभिन्न १४ विषयमा दरबन्दी माग सङ्ख्या १ हजार ५५२ कायम गरेर लिएको परीक्षामा ३२ हजार ०९७ जना परीक्षार्थीहरू समावेश भएका थिए । जसमध्ये ३ हजार ८८६ जना मात्र उत्तीर्ण हुन सके । यो नतिजा जम्मा १२ प्रतिशत मात्र हो ।

यसरी कमजोर नतिजा प्रकाशित भएकोमा विभिन्न दृस्टिकोणहरु सार्वजनिक भइरहेको छ। माविको थोरै प्रतिशत उत्तीर्ण हुँदा त्यसतै नतिजा निमावि र प्राविमा नआउला भन्न नसकिने विश्लेषणहरू हुन थालेका छन्।

यही विषय बारम्बार उठेपछि शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले यसबारे प्रतिक्रिया दिएका छन्। रेग्मीले यो किसिमको नतिजा आउनुमा परीक्षार्थीले कम मेहनत गर्नु र विश्वविद्यालयले पनि गतिलो नपढाउनु दुई वटा कारण देखेका छन्।

उनले भने ‘आयोगले परीक्षाको गुणस्तरमा सम्झौता नगर्दा धेरै परीक्षार्थी असफल भएका हुन् । पूर्णाङ्कको ५० प्रतिशत अङ्क ल्याए पास हुने व्यवस्था गरिएको थियो । परीक्षार्थीले परीक्षाको तयारी राम्रो गरेन्न । विश्वविद्यालयले पनि राम्रो पढाउन सकेको रहेनछ जस्तो लाग्यो । आयोगले त परीक्षार्थी कमजोर छन् भनेर आफ्नो मापदण्डमा सम्झौता गर्ने कुरा भएन ।’

आयोगले गुणस्तरीय शिक्षाका लागि त्यही स्तरको शिक्षकहरू विद्यालयमा पठाउनुपर्ने भएको हुँदा आफ्नो मापदण्डमा कडाइ गरेको उनको आशय छ।

अब्बल र योग्य परीक्षार्थी पनि परीक्षा प्रणालीका कारण असफल, अब के गर्ने ?

शिक्षाविद्ले शिक्षक सेवाको परीक्षामा नाम निकाल्न नसक्नु परीक्षार्थी कै कमजोरी भएको कुरा केही हदसम्म सही नै हो । तर यसमा पूर्ण सत्यता छैन । अब्बल र योग्य परीक्षार्थी पनि परीक्षा प्रणालीका कारण असफल भएका छन् ।

जस्तोकी ओएमआर मेसिनमा उत्तरपुस्तिका परीक्षण हुँदा सामान्य त्रुटिका कारण, मेसिनले रिड नगरेका कारण पनि योग्य व्यक्तिपछि परेका छन् । यस प्रविधिमा निपूर्ण बनाउनका लागि परीक्षा अगावै उत्तरपुस्तिकाको नमूना सेट पठाउने र सर्वसुलभ तवरले प्राप्त हुनुपर्छ । परीक्षामा मानवीय त्रुटि हुन सक्छ, परीक्षामा त्रुटिका कारण बिग्रिएको उत्तर पुस्तिकाको सट्टा अर्को दिने गर्नुपर्छ ।

खासगरी दृष्टिविहीनहरूको उत्तर पुस्तिका मेनुअल (मेसिन बाहेक विज्ञबाट) परीक्षण गराउने गर्नुपर्छ । उनीहरूसँग क्षमता छ तर सहयोगी लेखकमा भर पर्नुपर्दा उसले अञ्जानमा वा जानाजान गलत गर्ने र त्यसको परिणामस्वरूप असफल हुने समस्या छ ।

शिक्षक सेवा आयोगले आफ्नो पाठ्यक्रम र विशिष्टिकृत तालिकालाई ध्यान दिएर प्रश्नपत्र तयार गर्नुपर्छ । दृष्टिविहीन परीक्षार्थीको उत्तर पुस्तिका पहिचानका लागि छुट्टै खाममा राखेर परीक्षण गरियो भने मात्र न्यायोचित हुन्छ ।

मुख्यरूपमा चाहिएको प्रश्नको जवाफ हो त्यो नहेरेर जन्ममिति बिग्रेको, रोल नम्वर गोलो लगाउन बिग्रेको आदिमा अल्झिएर योग्यलाई पनि अयोग्य बनाउने काम आयोगको परीक्षा प्रणालीले गरेको छ ।

समयमा नै यी र यस्ता विषयलाई सुधार्दै परीक्षा लिनुपर्छ । कसैको उमेरको हद सकिँदैछ । यस्ता सानातिना समस्यागत विषयलाई दृष्टिगत गर्दै काम गरेमा वास्तविक र योग्य उमेदवारले पनि न्याय पाउने छन् र आयेगप्रति विश्वसनीयता बढेर शाख उच्च हुने छ । देशले योग्य जनशक्ति पाउने छ ।

यो पनि  : माविको परिक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण हुनुको कारण के ?

यो पनि : माविको नतिजा सार्वजनिक, यसरी हेर्नुस् सबैभन्दा छिटो (नतिजासहित)

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.