काठमाडौं ।
प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलब बढाउन आयोग बनाएर अध्ययन गर्ने अर्थमन्त्री जनार्दन शर्माले प्रतिबद्धता जनाएका छन् ।
आर्थिक वर्ष २०७९/०८० को बजेट माथि संसदमा छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले उक्त प्रतिवद्धता जनाएका हुन् ।
‘कतिपय स्थानीय तहका विद्यालय कर्मचारीका बारेमा त्यो निर्णयले त्यहाँ पुगिरहेको छैन’ मन्त्री शर्माले भने ‘मजदुरको पनि र अरू बाँकी छुटेका क्षेत्रको पनि सन्तुलनमा ल्याउने वृद्धि गर्ने र पुर्नसंरचना गर्ने भन्ने बारेमा मुख्य सचिवको संयोजकत्वमा आयोग बनाएर समाधान गर्ने गरी प्रस्ताव पनि गरिएको छ ।’

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि नहुँदा सरकारको आलोचना हुँदै आएको छ । उक्त विषयलाई सम्बाधेन गर्दै मन्त्री शर्माले तलब बढाउन आयोग बनाएर काम गर्ने बताएका हुन् ।
