काठमाडाैं ।
पूर्व शिक्षामन्त्री तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीहरूको तलबबारे अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न सोधेका छन् ।
शुक्रबार आर्थिक वर्ष २०७९/८० को बजेट माथिको छलफलमा भाग लिँदै पूर्व शिक्षामन्त्री पोखरेलले अर्थमन्त्री शर्मालाई प्रश्न गरेका हुन् ।
‘बाल विकास सहयोगी कार्यकर्ताहरूको तलब बढ्यो कि बढेन ? विद्यालय कर्मचारीको तलब बढ्यो कि बढेन ? पोखरेलले प्रश्न गरे । उनले सरकार शिक्षाका सवालमा गम्भीर नभएको आरोप लगाए ।
अर्थमन्त्रीकाे भनाइ
शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउने बारे यस्तो भन्छन अर्थमन्त्री जनार्दन शर्मा
प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलब बढाउन आयोग बनाएर अध्ययन गर्ने अर्थमन्त्री जनार्दन शर्माले प्रतिबद्धता जनाएका छन् ।
आर्थिक वर्ष २०७९/०८० को बजेट माथि संसदमा छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले उक्त प्रतिवद्धता जनाएका हुन् ।
‘कतिपय स्थानीय तहका विद्यालय कर्मचारीका बारेमा त्यो निर्णयले त्यहाँ पुगिरहेको छैन’ मन्त्री शर्माले भने ‘मजदुरको पनि र अरू बाँकी छुटेका क्षेत्रको पनि सन्तुलनमा ल्याउने वृद्धि गर्ने र पुर्नसंरचना गर्ने भन्ने बारेमा मुख्य सचिवको संयोजकत्वमा आयोग बनाएर समाधान गर्ने गरी प्रस्ताव पनि गरिएको छ ।’
इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि नहुँदा सरकारको आलोचना हुँदै आएको छ । उक्त विषयलाई सम्बाधेन गर्दै मन्त्री शर्माले तलब बढाउन आयोग बनाएर काम गर्ने बताएका हुन् ।