काठमाडाैं ।
शिक्षक सेवा आयोगले प्राथमिक तह द्वितीय श्रेणीको २५ प्रतिशत आन्तरिक बढुवाको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगको विज्ञापन नं. ७–७८–७९ प्राथमिक तह द्वितीय श्रेणी शिक्षक पदको लागि २१ चैत २०७८ मा लिएको आन्तरिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले छनोट भएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि सहभागी हुने जिल्ला, मिति, समय र स्थान तोकेर निर्धारित कागजातसहित उपस्थित हुनु आज प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।
नतिजामा चित्त नबुझे पुनर्योग गर्न चाहाने शिक्षकले ८ असार २०७९ सम्म ३५० रूपैयाँ दस्तुर तिरी प्रवेश पत्रको प्रतिलिपीसहित शिक्षक सेवा आयोगको कार्यलय सानोठिमीमा निवेदन दिन सक्ने सूचनामा भनिएको छ ।
नतिजा हेर्नका लागी यहाँ Click गर्नुहोस् ।

यो पनि : शिक्षा सेवा आयोगले प्राथमिक तह प्रथम श्रेणिको लिखित परिक्षाको नतिजा प्रकाशित । (नतिजा सहित)
शिक्षा सेवा आयोगले प्राथमिक प्रथम श्रेणी-२५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सुचना प्रकाशित गरेको छ। आयोगको बिज्ञापन नं. ८/७८/७९/ प्राथमिक तह द्वितीय श्रेणी शिक्षक पदको लागि २०७८ चैत २१ गते लिइएकोे लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षामा सम्मीलित भएका परिक्षार्थिहरुको नतिजा प्रकाशित गरेको हो ।
आयोगले छनोट भएका उमेददवारलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।
