Khabar Board
Flash logo up side
flash header

शिक्षकको सम्पत्ति विवरण बारे यस्तो आयो सूचना

Nirbachan m

काठमाडौं ।

राष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षकहरुको सम्पत्ति विवरण पठाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धानको ऐन अनुसार प्रत्येक आर्थिक वर्षको समाप्ति पछि सम्पत्ति विवरण पेस गर्नु पर्ने भएकोले शिक्षकहरुको सम्पत्ति विवरण पठाउन आग्रह गरेको हो ।

प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेस गर्नु पर्ने प्रावधान भएकोले जिल्ला अन्र्तगत सामुदायिक विद्यालयहरुमा कार्यरत स्थायी शिक्षकहरुको विवरण पठाउने व्यावस्था गर्न गराउन सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गरेको छ ।

साथै शिक्षकहरुको आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण नेपाल नेपाल राजपत्र भाग ५ खण्ड ६० संख्या १ नेपाल सरकार , प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयको सूचनामा तोकिएको ढाँचामा सम्पत्ति विवरण फारम भरी विद्यालय वा स्थानीय तहले संकलन गरी सम्बन्धीत जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइहरुमा बुझाउनु पर्ने र इकाइले साउन १ गतेदेखि २९ गतेभित्र राष्ट्रिय किताबखानामा पठाउन भनिएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७८ /०७९ भित्र सेवानिवृत्त भएको शिक्षकले समेत उपर्युक्त अनुसार सम्पक्ति विवरण बुझाउनु पर्ने छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० उपदफा (१) तथा अििख्तयार दुरुपयोग अनुसन्धानको ऐन, २०४८ को दफा ३१ (क) मा सम्पत्ति विवरण पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

Center article

यो पनि : निमावि लाइसेन्सबारे शिक्षक सेवा आयोगले जारी गर्यो यस्ताे सूचना (सूचना-सहित)

यो पनि : शिक्षकको सम्पत्ति विवरण बारे यस्तो आयो सूचना

यो पनि : प्रश्नपत्र साढे १७ रुपियाँमा बिक्री, एसईईको नतिजा साउन पहिलो सातामा

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.