जिल्ला शिक्षा अधिकारी र विद्यालय निरीक्षकलाई प्रमाणित गर्ने अधिकार दिँदै कार्यविधि जारी (कार्यविधिसहित)

Image

काठमाडौं ।

शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९ जारी गरेको छ । कार्यान्वयनमा नै नभएका पदाधिकारीलाई प्रमाणित गर्ने अधिकार प्रदान गरेको छ । कार्यविधिले जीवित नै नभएको जिल्ला शिक्षा अधिकारी र विद्यालय निरीक्षकलाई प्रमाणित गर्ने अधिकार दिएको छ ।

हाल ७५३ ओटै स्थानीय तहमा अहिले शिक्षा अधिकृत कार्यरत छन् ।  पुराना सबै विद्यालय नीरिक्षक अधिकृतका रुपमा कार्यरत रहेकोअवस्थामा कार्यविधिले शिक्षक वा प्रधानाध्यापक समान श्रेणीको वा प्रधानाध्यापकभन्दा माथिल्लो श्रेणीको भए वा कुनै विद्यालययको प्रधानाध्यापकको जिम्मेवारी अस्थामी वा करार शिक्षकले सम्हालेको अवस्थामा सिफारिस र प्रमाणित गर्ने अधिकारीका रुपमा यी दुई पदलाई जिम्मेवारी दिएको छ ।

यस्तो छ कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९

अनुमानका भरमा शिक्षकको कार्यसम्पादन मूल्याङ्कन :

अनुमानका भरमा विद्यालयमा कार्यरत शिक्षकको कार्यसम्पादन मूल्याङ्कन गरिदै आएको भेटिएको छ । विद्यार्थीको सिकाइ उपलब्धिलाई अक्षराङ्कनबाट प्रतिशतमा ढाल्ने भरपर्दो सूत्र तर्जुमा हुन नसक्दा अनुमानकै भरमा कासमू गरिँदै आएको छ । यस क्रममा केही पालिकाका शिक्षा प्रमुखसँग सम्पर्क राख्दा सम्बन्धित विषयको भौगोलिक एकाइको औसत उत्तीर्ण प्रतिशतवापत सरदर ४०-५० अङ्कलाई आधार मान्ने गरेको पनि पाइएको छ । प्रायः पालिकाहरूले विषयगत सिकाइको औषत जीपीए २.५ प्राप्त गरेका शिक्षकलाई पूरै तीन अङ्क उपलब्ध गराउने र सोभन्दा कम जीपीए ल्याउनेलाई दुई अङ्क दिने अभ्यास गरेको पाइएको छ ।

नियमअनुसार वैशाखको पहिलो सातासम्म शिक्षकले सुपरीवेक्षकसमक्ष पेस गर्नुपर्ने र यसरी पेस गरिएको दुई महिनाभित्र कार्यसम्पादन मूल्याङ्कन गरिसक्नुपर्ने हुन्छ । गत शैक्षिक सत्र गएको वैशाखसम्म सकिएकाले जेठ महिनाभरि कासमू फाराम भर्ने अवसर उपलब्ध गराइएको थियो । असारमा पेस भएका फाइल यतिबेला पालिकाहरूमा थन्किएका छन् । केही पालिकाले औषतमा ४० देखि ५० अङ्क दिएर फाइल टुङ्ग्याइसकेको बताएका छन् भने कतिपयले माथिबाट आउने स्पष्ट आदेशको प्रतीक्षामा आफू रहेको र केहीले पुरानै विधिअनुसार टुङ्ग्याउने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख धीरेन्द्र शर्मा लम्सालले मूल्याङ्कन गर्न कठिन भएको बताए । ‘सिकाइ उपलब्धिलाई एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (इमिस)सँग जोड्न सकिएको छैन’, उनले भने ।

रुपन्देहीको देवदह नगरपालिकाका शिक्षा प्रमुख टीकाराम शर्माले सिकाइ उपलब्धिको औषत जीपीएका आधारमा मूल्याङ्कन गर्ने गरिएको बताए । उनले भने, भने, ‘शिक्षक सेवा आयोगले सूत्रका बारेमा परिपत्र गर्नुपर्छ, होइन भने हामीले प्रयोगमा ल्याएको विधिअनुसार नै मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।’

शिक्षक सेवा आयोगले भने कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवासम्बन्धी कार्यविधिअनुसार गर्न पालिकालाई जानकारी दिइसकेको जनाएको छ ।