Khabar Board

एटलीको फिल्म ‘जवान’मा शाहरूख खानको यस्तो अवतार

काठमाडौं ।

बलिउड अभिनेता शाहरूख खानको नयाँ फिल्म ‘जवान’को औपचारिक घोषणा गरिएको छ। शुक्रबार एक भिडिओ सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ।

हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नड गरी पाँच भाषामा फिल्म आगामी वर्ष जुन २ बाट प्रदर्शन हुनेछ। सार्वजनिक भिडिओमा शाहरूखको एक्सन अवतार देख्न सकिन्छ। उक्त भिडिओमा उनको आधा अनुहार ब्यान्डेजले छोपिएको छ।

भारतीय सञ्चार माध्यम बलिउड हंगामाका अनुसार फिल्ममा शाहरूखसँगै दक्षिण भारतीय अभिनेत्री नयनतारा देखिनेछिन्। तर उक्त भिडिओमा शाहरूखलाई मात्र स्थान दिइएको छ। दक्षिण भारतीय निर्देशक एटली कुमारले निर्देशन गर्ने फिल्ममा गौरी खानको लगानी रहनेछ।

समाजिक बिकास कार्यालय बैतडी

शाहरूखले फिल्मको स्क्रिप्ट परिवर्तन गर्न माग गरेका थिए। निर्देशक एटलीले उनको कुरालाई सम्मान गर्दै स्क्रिप्ट परिवर्तन गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। शाहरूख र नयनतारासँगै फिल्ममा सान्या मल्होत्रा र सुनिल ग्रोवरको पनि अभिनय रहनेछ।

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.