Khabar Board
Flash logo up side
flash header

आहुतिको नयाँ गीत ‘आऊ सँगसँगै’ सार्वजनिक

Nirbachan m

काठमाडौं ।

वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी, नेपालका महासचिव आहुतिको ‘फूलहरू आऊ सँगसँगै’ बोलको नयाँ गीत बजारमा सार्वजनिक भएको छ ।

शनिबार राती ८ बजे थाहायात्रा युट्युव च्यानलमार्फत् उक्त गीत सार्वजनिक भएको हो । आहुतिको रचना तथा संगित रहेको सो गीतमा खेमलाल विश्वकर्मा, मोहन मगर, पुष्कर सुनुवार, बिमला परियार, अनुमा चौधरी र समृद्धि परियारको स्वर रहेको छ । मेलोडी नेपाल स्टुडियोले उत्पादन गरेको उक्त गितको एरेन्ज÷मिक्स÷मास्टर पुष्कर सुनुवारले गर्नुभएको हो ।

Center article

समाजमा रहेका असमानता र विभेदहरू एक्लै होइन ‘सँगसँगै’ मिलेर हटाउनुपर्नेमा गीतले जोड दिएको छ । अन्याय, अत्याचार र बेथितीका बिरुद्ध सबै एकजुट भएर अगाडि बढे मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने गीतको भाव रहेको छ ।

सारा बाधा अड्चनहरु भत्काएर गरिखाने श्रमजीवि वर्गले आफ्नो दुःखको आँशु र सुखको हाँसो दुबैलाई ज्वालामुखी झै बनाउनु पर्ने अनि मात्र टाढाको समाजवादी लक्ष्य भेट्न सकिने भन्दै एक्लै यी कुराहरू हटाउन नसकिने भएकाले सँगसँगै अघि बढ्नुपर्ने सन्देश यस गीतमार्फत् आहुतिले दिएका छन् । https://www.youtube.com/watch?v=oA6AUsIo3Jw

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.