Khabar Board
Flash logo up side
flash header

जे आर भट्टको देउडा गित मेरि इजु भिडियो सहित यहि पौष १५ गते बजारमा आउदै

Nirbachan m

काठमाडौं ।

लोक देउडा कलाकार जे आर भट्टको मेरि इजु नामको देउडा गितको भिडियो सहित यहि पौष १५ गते सार्बजनिक प्लेट फर्म JR Bhatta युट्युब्मा आउने भएको छ।

गाउँघरतिर गायिने मौलिक गित मेरि इजुको भाका सङ्कलन गरि गितमा केही नयाँपन यो गितबाट दिएका छन। जे आर भट्टले शब्द सिर्जना गरेको उक्त गित भुमिराज थापाले एरेन्ज, सेर बोहराले मिक्सिङ गरेका छन भने गायिका गौरी भट्ट र जे आर भट्टको आवाज रहेको छ।

Center article

छोरिको पराइ घर जादाको पिडालाइ गितको शब्द मार्फत प्रस्तुत गरिएको छ भने पुरानो चालचलन र परम्परालाइ गौरब जोशी र जे आर भट्टले डोटेली भासाको र्‍याफ मार्फत व्याख्या गरेका छन। जे आर भट्ट र झरना बोहराले अभिनय गरेको म्युजिक भिडियो पुस्प भट्टले छायांकन,मासुम बिस्टले निर्देशन र बिस्णु खड्काले सम्पादन गरेका छन।

बैतडिको खोडपेमा जन्मिएका जे आर भट्ट सानै उमेरदेखी प्रत्यक्ष देउडा खेल्दै आएका छन।उनले यश अघिपनी केही गितहरुमा शब्द सिर्जना र केही देउडा गित आफैले गाएका छन।पछिल्लो समय जे आर भट्ट समाजिक सन्जालहरुमा देउडा प्रस्तुत गर्दै लाखौं दर्सकहरुमाझ छुट्टै पहिचान बनाउदै आएका छन।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.