Khabar Board
Flash logo up side
flash header

प्रदर्शनरत फिल्म ‘जारी’ को गीत सार्वजनिक (भिडियो सहित)

Nirbachan m

काठमाडौं ।

दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘जारी’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।

फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। यसैबीच फिल्ममा समावेशी ‘रीत’ बोलको गीत सार्वजनिक गरिएको छ। सोमबार बासुरी फिल्म्स युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।

मनोज थापा मगर र सुनिता थेगिमको स्वर रहेको गीतमा दयाहाङ र मिरुनाबीचको प्रेमिल नोकझोकलाई देखाइएको छ। हर्क साउँदको शब्द रहेको गीतमा मनोज थापा मगरले संगीत भरेका छन्।

Center article

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। यो फिल्म लिम्बु समुदायको जारी प्रथामा आधारित छ।

बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.