Khabar Board
Flash logo up side
flash header

एलिना चौहान वैशाख ५ गते प्रेमी विष्णुसँग विवाह गर्ने

Nirbachan m

काठमाडाैं । गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन्।

अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्। वैशाख ५ गते विवाह तय भएको विष्णुले सेतोपाटीलाई जानकारी दिए। झापाबाट उनीहरूको विवाह हुन लागेको हो।

दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन्। झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।

Center article

एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन्। ‘के माया लाग्छ र?, मिनरल वाटर, धोकेबाज हौं तिमी, कट्टा हान्दिन्छु’ जस्ता गीतहरू उनका निकै चलेका गीत हुन्। यता गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। उनी गीतसंगीतमा समेत सक्रिय छन्।

एक दर्जन बढी गीत लेखेका उनले एलिनासँग गीतमा स्वर समेत दिएका छन्। पछिल्लो समय यी दुईको ‘ब्रेकअप’ को चर्चा समेत चलेको थियो।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.