गायक रवि ओडविरुद्ध बलात्कार मुद्दा, पक्राउ पुर्जी जारी

Image

काठमाडौं । नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन्। आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी हुन्। उजुरी पछि ओडविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए।

उनले हाल उनको श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र अनुसन्धान सुरु भइसकेको पनि बताए।