‘महाजात्रा’ले चार हप्तामा गर्‍यो २६ करोड भन्दा माथीको कलेक्सन, त्योड्यो ‘जारी’को रेकर्ड

Image

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ आजबाट रिलिजको पाँचौं हप्तामा प्रवेश गरेको छ । गत चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म रिलिजको भएको पाँचौं हप्ता भइसक्दा पनि फिल्मप्रति दर्शकको आकर्षण अझै कम भएको छैन ।

यतिबेला ‘महाजात्रा’ले गत वर्षको ब्लकबस्टर फिल्म ‘जारी’को १७ करोड १७ लाखमाथिको व्यापारिक रेकर्डलाई पछ्याइ सकेको छ । यो चलचित्रले हालसम्म साढे २६ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ ।

नेपालमा १५ करोड ९० लाख र नेपालबाहिर १० करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो । जम्मा २६ करोड ६५ लाख कलेक्सन गरेको निर्माता दीपेश खत्री ‘म्याक्स’ले जानकारी दिएका छन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा वीपन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य र वर्षा राउत मुख्य भूमिकामा छन् ।