यी हुन् ‘भ्वाइस किड्स’ सिजन ३ का चार जज

Image

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को कोचको रुपमा गायिका मिलन नेवारले पनि निरन्तरता पाउने भएकी छन् । योसँगै चारैजना जजको समीकरण पुरा भएको छ ।

यो सिजनमा अघिल्लोपटक पनि जज रहेका प्रमोद खरेल र नेवारले निरन्तरता पाएका छन् । नयाँ जजको रुपमा पपगायक छेवाङ लामा र मेलिना राई अनुबन्धित भएका छन् ।

निर्देशक लक्ष्मण पौड्यालले अडिसनबाट ४८ जना छनोट हुने बताए । ब्लाइन्ड अडिसनको छायांकन चाँडै सुरु हुने जानकारी उनले दिए । उनका अनुसार डिजिटल अडिसनमा ८/१० हजार जनाले भाग लिएका थिए ।

सिजन ३ को टेलिभिजन प्रसारण चाहिँ डेढ महिना जतिमा सुरु हुने जनाइएको छ । यो रियालिटी शो हिमालय टिभीबाट प्रसारण हुन्छ ।