Khabar Board
Flash logo up side
flash header

‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक

Nirbachan m

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत् सार्वजनिक गरिएको यो गीत मगर समुदायमा लोकप्रिय रहेको ‘कौडा नृत्य’मा आधारित छ ।

हर्क साउदकाे शब्द र सुवास भुसालको संगीत रहेको गीतमा प्रकाश सपूत र शान्तिश्री परियारको स्वर छ । गीतमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बूले मगर पहिरनमा सजिएर सामुहिक कौडा नृत्य गरेका छन् ।

चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन् । प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ । तर, उनको पूर्ण परिचय भने गराइएको छैन । पल शाहको भूमिका क्रान्तिकारी रहेको आंकलन गरिएको छ ।

Center article

अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बूलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ । चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बालगायतको चलचित्रमा अभिनय छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.