Khabar Board
Flash logo up side
flash header

राजामौली बाहुबली क्राउन अफ ब्लड लिएर आउँदै

काठमाडौँ । बाहुबली भारतीय सिनेमाको सर्वाधिक हिट फिल्ममध्ये पर्दछ । यो फिल्मले दक्षिण भारतीय फिल्मलाई हिन्दी भाषा बोलिने भेगमा मात्रै नभएर विश्वभर नै छुट्टै पहिचान दिन सफल भयो ।

दर्शकहरू अहिले पनि फिल्मको तेस्रो भाग कुरिरहेका छन् । फिल्मको पहिलो भाग ‘बाहुबलीः द बिगिनिङ’ सन् २०१५ मा रिलिज भएको थियो । यो फिल्मलाई दर्शकले यति रुचाए कि कयौं महिनासम्म हलमा यो फिल्म चलेको थियो ।

यातायात कार्यालय हेटौँडा

सन् २०१७ मा यस फिल्मको दोस्रो भाग ‘बाहुबली २ द कन्क्लुजन’ आयो । यो फिल्मले पनि बक्स अफिसमा शानदार कमाई गर्‍यो । यो फिल्मले कमाइको हिसाबले धेरै फिल्मको कीर्तिमान तोड्यो ।

अब निर्देशक राजामौली बाहुबलीको एनिमेटेड सिरिज लिएर आउँदैछन् । निर्देशक एसएस राजामौलीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट जारी गर्दै यो सिरिजको घोषणा गरेका हुन् । यस सिरिजको नाम ‘बाहुबली द क्राउन अफ ब्लड’ हो । यो एक एनिमेटेड सिरिज हुनेछ ।

राजामौलीले आफ्नो एक्स अकाउन्टमा भिडियो शेयर गरेर यो जानकारी दिएका छन् । यो भिडियोको ब्याकग्राउण्डमा बाहुबलीको नारा सुनिन्छ । ‘जब महिष्मतिका मानिसहरू उनको नाम जप्छन् तब ब्रह्माण्डको कुनै शक्तिले उनलाई फर्किनबाट रोक्न सक्दैन ।’

भिडियो शेयर गर्दै राजामौलीले लेखेका छन् । एनिमेटेड सिरिज ‘बाहुबली क्राउन अफ ब्लड’ को ट्रेलर चाँडै आउँदैछ ।

यसको कथा के हुनेछ र यसमा कलाकार को–को हुनेछन् भन्ने खुलाइएको छैन । यसमा कुन कलाकारको स्वर र लुक्स देखाइने छ भन्ने पनि बताइएको छैन । ‘बाहुबलीः क्राउन अफ ब्लड’ घोषणा भएपछि फ्यानहरू निकै उत्साहित छन् ।

एनिमेटेड सिरिजको घोषणा भएदेखि नै फ्यानहरू यसबारे जान्न उत्सुक छन् । यो शृङ्खला कहिले रिलिज हुन्छ र यसमा कुन–कुन कलाकारको अभिनय रहनेछ भन्ने उनीहरू जान्न खोजिरहेका छन् । एक फ्यानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुपर बाहुबली’ । अर्का प्रयोगकर्ताले यो नेटफ्लिक्समा आउने हो कि भनेर सोधेका छन् । अर्का एक जनाले ‘हाम्रो बाहुबली आइसकेको छ’ भन्दै प्रतिक्रिया दिएका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.