Khabar Board
Flash logo up side
flash header

‘कुल ब्वाइ’ले फिल्म खेल्ने पक्का, ‘होस्टल ३’ को मुख्य भूमिकामा अनुबन्ध

काठमाडौं । टिकटकबाट चर्चामा आएका पारस बम ‘कुल बोइ’ फिल्म ‘होस्टल ३’ मा अनुबन्ध भएका छन् । उनीसँग लिखित सम्झौता भइसकेको निर्माण पक्षले जनाएको छ ।

यससँगै ‘कुल बोइ’को ठूलो पर्दामा डेब्यू पक्का भएको छ । निर्देशक सशान कँडेलका अनुसार उनले फिल्मको प्रमुख मध्य एक भूमिका निर्वाह गर्नेछन् ।

यातायात कार्यालय हेटौँडा

निर्देशक कँडेल भन्छन्, ‘ स्क्रिप्टको मागअनुसार उनलाई चलचित्रमा लिइएको हो । हामीले खोजेको पात्रकालागि उनी सबै पक्षबाट उत्तम छन् ।’ कुल बोइ गायक समेत हुन् । उनका ‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस्’ लगायतका गीतहरू चर्चित छन् ।

यो फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखला हो । फिल्मको कथा होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर-किशोरी र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेको निर्माण पक्षले बताएको छ ।

यसअघिका दुई श्रृंखला सुनील रावलले बनाएका निर्माण गरेका थिए । यस पटक भने उनी कलाकारको भूमिकामा मात्रै रहने बताइएको छ । ‘होस्टेल ३’ को कथा निर्देशक कँडेलले नै लेखेका हुन् । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा यो फिल्म बन्ने बताइएको छ ।

यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला छन् भने सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह निर्माताहरूमा हुन् । यो वर्षको अन्त्यमा फिल्म प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.