Khabar Board

अञ्जना पुन बनिन् मिस नेपाल २०२४ मा छनोट हुने पहिलो प्रतियोगी

काठमाडौं । अञ्जना पुन मिस नेपाल २०२४ मा छनोट हुने पहिलो प्रतियोगी बनेकी छन् । द हिडन ट्रेजरले उनलाई पहिलो आधिकारिक प्रतियोगीको रुपमा चिनाएको छ ।

‘मिस नेपाल हङकङ २०२३’ समेत रहेकी पुनले मिस नेपालको मापदण्ड पूरा गरेपछि छनोट हुन सफल भएकी हुन् । हिडन ट्रेजर निर्देशक प्रमोद कंसाकारका अनुसार मिस नेपाल हङकङसँगको सहमतिअनुसार उनलाई सोझै प्रवेश दिइएको हो । गत वर्ष हिडन ट्रेजर र मिस नेपाल हङकङबीच मापदण्ड पूरा भए विजेतालाई मिस नेपालमा प्रवेश दिने सहमति भएको थियो ।

यस वर्षको प्रतियोगिताका लागि देशभरबाट १०० जना सुन्दरीले अडिसन दिएका थिए । जसबाट ३७ जना छनोट भइसकेका छन् । यसबाट पनि अन्तिम २६ जना छनोट हुनेछन् । अन्तिम प्रतियोगीलाई अर्को शुक्रबार प्रतियोगी नम्बर प्रदान गर्ने कार्यक्रम छ ।

हिडन ट्रेजरसँग मिस नेपाल उत्तर अमेरिका, मिस नेपाल युरोप, मिस सुदूरपश्चिम र मिस इटहरीको सहमति छ । यी पेजेन्टका विजेताले पनि मापदण्ड पूरा गरेर सोझै मिस नेपालमा छनोट हुन पाउँछन् । तर यसपटक भने मिस हङकङको मात्र टुंगो लागेको छ । यस वर्षको मिस नेपालको ग्रान्ड फिनाले साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा हुँदैछ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.