पुष्पा २ ले बक्स अफिसमा नयाँ रेकर्ड

Image

दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ। 

भारतीय सञ्चारमाध्यम टाइम्स अफ हिन्दुस्ताका अनुसार एक सातामा फिल्मले भारतीय बक्स अफिसमा ६४७ करोड ३१ लाख भारू कमाएको छ भने विश्वव्यापी रूपमा १००० करोड भारू कमाएको छ।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।