राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारलाई आज नाम फिर्ता लिने समय ४ बजेसम्म

Image

२४ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय दिइएको छ।

निर्वाचन आयोगले शनिबार बिहान १० देखि दिउँसो ४ बजेसम्म नाम फिर्ता लिने समय तोकेको हो। आयोगले मनोनयनपत्र जाँचबुझ गरी शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गरेको थियो। शनिबार उम्मेदवारी फिर्ताको समयमा उम्मेदवारले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत् उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय दिइएको छ। निर्वाचन आयोगले शनिबार बिहान १० देखि दिउँसो ४ बजेसम्म नाम फिर्ता लिने समय तोकेको हो।

आयोगले आइतबार अन्तिम नामावली सार्वजनिक गर्दै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाएको छ। माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।