कस्तो रहनेछ आजको मौसम ?

Image

काठमाडौं । आज बिहान प्रदेश १ र मधेश प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदलीको रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।

आज दिउँसो पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।