Khabar Board
Flash logo up side
flash header

यी तीन प्रदेशका केही भू–भागहरुमा हुनेछ आज वर्षा र हिमपात

Nirbachan m

काठमाडौं

केही भू–भागमा आज वर्षा र हिमपात हुने भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका कही र बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।

Center article

आज राति देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सफा रहनेछ पूर्वानुमान छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.