Khabar Board
Flash logo up side
Nirbachan aayog

टी–२० मा सर्वाधिक छक्का : शीर्षमा ज्ञानेन्द्र, अन्य ब्याटरको स्थान कहाँ?

Nirbachan m

काठमाडौं ।

हालसम्म नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५२ म्याच खेलेको छ । यो अवस्थासम्म नेपालले थुप्रै समय आरोह/अवरोहको सामना गर्‍यो । सन् २०१४ मा विश्वकप खेलेको नेपाल त्यसयता भने छनोट हुन सकेको छैन ।

विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीले व्यक्तिगतरूपमा भने सन्तोषजनक प्रदर्शन गरे । केही नेपाली खेलाडीले त विश्वकीर्तिमान नै बनाए । तर, टिम भने पटक-पटक उद्देश्य नजिक पुग्दा पनि चुकिरहेको छ ।

हालसम्म टी–२० मा नेपालका लागि सर्वाधिक रन बन बनाउने रेकर्ड दीपेन्द्रसिंह ऐरीको नाममा छ । उनले ३४ पारीमा पाँच अर्धशतक र एक शतकसहित १ हजार ३३ रन बनाएका छन् । सर्वाधिक रन बनाउने सूचीमा शीर्षमा भए पनि दीपेन्द्र छक्का हिर्काउने मामलामा भने दोस्रो स्थानमा छन् । उनले हालसम्म ३२ छक्का र ८३ चौका हिर्काएका छन् ।

टी–२० मा सर्वाधिक छक्का प्रहार गर्ने नेपाली ब्याटरको शीर्ष स्थानमा भने पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् । उनले ४० खेलको ३४ पारीमा ३३ छक्का र ६४ चौका हिर्काएका छन् । यो अवस्थासम्म ज्ञानेन्द्रले एक शतक र एक अर्धशतकको मद्दतमा ७४८ रन बनाएका छन् ।

त्यस्तै, यो सूचीको तेस्रो स्थानमा पूर्वकप्तान पारस खड्काको नाम छ । उनले आफ्नो टी–२० करियरमा २६ छक्का र ८३ चौका हिर्काए । पारसले ३२ पारीमा चार अर्धशतक र एक शतकको मद्दतमा ७९९ रन बनाएका छन् ।

टी–२० मा सर्वाधिक छक्का हिर्काउने मामलामा करण केसीको नाम चौथो नम्बरमा छ । उनले हालसम्म २३ पारीमा २३ छक्का र १४ चौका प्रहार गरेका छन् । करणले अहिलेसम्म १६१.४० को स्ट्राइक रेटमा २७६ रन बनाएका छन् ।

यो सूचीको पाँचौं स्थानमा कुशल भुर्तेल छन् । उनले हालसम्म १६ खेलमा २१ छक्का र ५८ चौका हिर्काएका छन् । कुशलले अहिलेसम्म १२९.३४ को स्ट्राइक रेटमा पाँच अर्धशतक र एक शतकको सहयोगमा ५७३ रन बनाएका छन् । त्यस्तै, आसिफ शेख (१७), कुशल मल्ल १३) र विनोद भण्डारी (१२ छक्का) क्रमशः छैटौँ, सातौँ र आठौँ स्थानमा छन् ।

यो पनि पढौं– दीपेन्द्रको कप्तानीमा भारतविरुद्ध नेपालको त्यो ऐतिहासिक जित…

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.