काठमाडौं ।
जिम्बाब्वे ‘ए’सँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिम घोषणा गरेको छ । क्यानले आज सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो ।
टिममा केही नयाँ खेलाडीले मौका पाएका छन् । सुनिल धमाला, बसिर अहमदले पहिलोपटक राष्ट्रिय टिममा मौका पाएका छन् । त्यस्तै, किशोर महतो पनि टिममा परेका छन् । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले भने यसपटक पनि टिममा मौका पाएनन् । नेपालले जिम्बाबेसँग अप्रिल ३० देखि मे ९ सम्म एकदिवसीय र टी–२० सिरिज खेल्दैछ ।
जिम्बाब्वे ‘ए’सँग सिरिज खेल्ने नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहितकुमार पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुशन भारी, पवन सरार्फ, अविनाश बोहरा, बसिर अहमद, लोकेश बम, सुनिल धमला, विवेक यादव, साहब आलम, सागर ढकाल र बिक्रम सोब ।