काठमाडौं।
काठमाडौँ महानगरपालिकाले कल सेन्टर सञ्चालनमा आएको छ । गुनासो तथा सोधपुछका लागि आजदेखि १६६००१०५५११ टोल फ्रि नम्बरमा खुल्ला गरेको हो ।
महानगरका प्रमुख बालेन्द्र शाहले भने ‘महानगर के गर्दैछ जनताले सोध्न पाउनु पर्छ । सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ । अहिले ५ वटाबाट थालेका छौँ ।’
केहि समय अघि कल सेन्टर सन्चालनमा ल्याउने कुरा मेयर बालेनले सार्बजनक गरे अनुसार त्यसको केहि दिनमै महानगरपालिकाले उक्त कार्य तत्कालै सन्चालनमा ल्याएको हो। अबदेखि महानगरलाई कुनै गुनासो गर्न तथा जानकारि लिनु परेमा माथि उल्लेखित नम्बरमा कल गरेर सुबिधा लिन सकिने छ ।