अब सडक अनुशासन उल्लङ्घन गर्ने पैदल यात्रुलाई पनि जरिवाना

Image

काठमाडौँ । सडक अनुशासन उल्लङ्घन गर्ने पैदल यात्रुलाई जरिवाना लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो ।

सडक अनुशासन उलङ्घन गर्ने पैदलयात्रुलाई पाँच सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरेको छ । यसैगरी अनधिकृत व्यक्तिले ट्राफिक सङ्केत राख्ने,फेरबदल वा नष्ट गरेमा पाँच हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था विधेयकमा उल्लेख छ ।