१८ पुस, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।
हाल देशका प्रदेश न १ र वागमती प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुमा आंशिक बदली रहेको छ ।
साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सुरकुहिरो लागेको छ। मौसमविद्का अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ भने राती देशभर आंशिक बदलीको रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, सोमबार र मंगलबार देशैभर आंशिक बदलीको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । मंगलबार राती भने सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकि भू-भागहरुमा आंशिक बदली रहने छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख उपत्यका लगायत तराईका जिल्लाहरुमा बाक्लो हुस्सुरकुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।















