एमाले मकवानपुरको नयाँ नेतृत्वका लागि लम्साल र श्रेष्ठ को दाबी

Image

हेटौंडा । नेकपा एमालको यहि पुस २३ र २४ गते देशभर जिल्ला अधिवेशन हुनेभएको छ । अधिकाशं जिल्लाहरुमा अधिवेशनको लागि स्थानीय तहहरुबाट प्रतिनिधि छनोट भइसकेका छन्। मकवानपुर एमालेले पनि अधिवेशनको लागि जिल्लाको १० वटै स्थानीय तहबाट प्रतिनिधि छनोट गरिसकेको छ र हेटौंडामा हुने जिल्ला अधिवेशनको तयारी तिब्र रुपमा भएको एमाले मकवानपुरले जनाएको छ । अधिवशेनको लागि जिल्ला कमिटीका सदस्यहरु र प्रतिनिधि गरेर जम्मा ८ सय जना रहेका छन् भने नेतृत्वको लागि वर्तमान जिल्ला अध्यक्ष बद्री लम्साल र सचिव एकालाल श्रेष्ठले दाबी गर्ने बुझिएको छ ।
यसअघि लम्साल नेकपा विभाजन पछिको एमालेमा वरिष्ठ नेता माधव नेपालको पक्षमा थिए भने श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा एमाले मकवानपुरको नेतृत्व सम्मालेका थिए । उनले एमाले मकवानपुरलाई बलियो बनाउन र १० वटै स्थानीय तहमा नेतृत्व चयन गर्ने देखि पार्टी संगठनिक गतिविधिलाई तिब्रता दिएका थिए ।

तत्कालिन एमाले वरिष्ठ नेता नेपालले एमाले त्याग गर्दै नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी) गठन गरेपछि एमाले २०७५ जेठ २ तत्कालिन एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष लम्सालले एमाले मकवानपुरको नेतृत्व पाएका थिए ।

गएको भदौ २६ गते लम्सालको अध्यक्षतामा जिल्ला कमिटी बैठक बस्दै जिल्ला अधिवेशन आयोजक कमिटी गठन भएको थियो ।

यहि पुस २३ गते हुने अधिवेशनको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले गर्ने भएको एमाले मकवानपुरले जनाएको छ ।

अधिवेशनले जिल्ला अध्यक्ष उपाध्यक्ष, सचिव, र दुई उपसचिव सहित एक सय ५ जनाको जिल्ला कमिटी चयन गर्ने बताईएको छ ।