डडेल्धुरा । थुक्क तिमीहरुको राजनीति मालममा प्रवेश निषेध छ है भन्ने नाराका साथ मालमका २०-२५ जना युवाहरूको सक्रियतामा ब्यानर टाङ्ने काम सम्पन्न भएको छ।
नेताहरुले चुनावमा आश्वासन मात्र दिने तर काम कहिल्यै पूरा नगर्ने हुनाले युवाहरुले चेतावनीयुक्त ब्यानर टाँगेका हुन्। उक्त अभियान अब सिङ्गो १ नम्बर वडामा सञ्चालन हुनेछ। अबकाे चुनाव पहिलेकाे भन्दा केही फरक हुने स्वतन्त्र युवा समाजसेवी सुरत तमोलिले बताए ।
आउँदो चुनावमा घरदैलो कार्यक्रम मार्फत फाेस्रा, आश्वासन र क्षणिक लाेभमा पार्ने कुरा सुनिएमा कालो माेसो र जुत्ताको माला लगाई दिन तयार छाैं भन्नु हुन्छ समाजसेवी ललित तमोलि।












