डडेल्धुरा । प्राज्ञिक विद्यार्थी परिषद नेपाल अमरगढि नगर इकाई डडेलधुराको आयोजनामा ३०० औ पृथ्वी जयन्ती “राष्ट्रिय एकता दिवस “को अवसरमा नगर भित्रका विभिन्न स्कुलका विद्यार्थीहरुको सहभागितामा माउन्टेन ई. बो. स्कुलमा बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ।
उत्त बक्तित्वकला प्रतियोगितामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उत्त कार्यक्रमकमा माउन्टेन ईङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक महेस महरा प्रमुख अथिती, बृज सावद कार्यक्रम संयोजक ,नगर सचिव कल्पना जैसी को उपस्तिथि रहेको थियो ।
रास्ट्र निर्माता पृथ्वीनारायण साहको जन्म जयन्ती विद्यार्थी परिषदले आफ्नो राष्ट्रिय महत्त्वपूर्ण कार्यक्रमको रूपमा स्थापना काल देखि नै मनाउदै आईरहेको छ ।