दार्चुला । नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनबाट ज्ञानेन्द्र घर्तीलाई पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका हुन्। धामीले ५ सय ८८ मत पाउँदा घर्तीले ९२ मत मात्रै पाए।
यस्तै ऐमालेको जिल्ला कमिटीको सचिवमा शेरसिंह धामी निर्वाचित भएका छन्। उनले ४ सय २२ मत पाएका छन्। यसैगरी सचिवमा चन्द्रादेवी कुँवर र खडक बडाल निर्वाचित भएका छन्। कुँवरले २ सय ७३ मत पाए भने, बडालले ३ सय ८४ मत पाएका छन्।